१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o९:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कोसी प्रदेश सभाको अधिवेशन अन्त्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:५o:oo

कोसी प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ६ भदौ राति १२ बजेदेखि प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । 

१५ असारदेखि अनिश्चितकालका लागि स्थगित भएको तेस्रो अधिवेशनको बैठक १ भदौमा सुरु भएको थियो । ४ भदौमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि प्रतिपक्षी दल एमाले र राप्रपाले निरन्तर संसद् अवरोध गर्न थालेपछि सरकारले तेस्रो अधिवेशन अन्त्य गराएको हो । विपक्षी दलले नियमित रूपमा संसद् अवरोध गरेपछि सरकारले बजेटसमेत कार्यान्वयन गर्न सकेको छैन । अब ११ भदौमा अध्यादेश जारी गरेर बजेट कार्यान्वयन गराउने सरकारको तयारी छ । 

कोसी प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठक १७ पुस ०७९ मा सुरु भएको थियो । सोही अधिवेशनको अन्तिम बैठकले १७ फागुन ०७९ मा दुईतिहाइभन्दा बढी मतले तत्कालीन प्रदेश १ को नाम कोसी प्रदेश बनाएको थियो । कोसी प्रदेश सभाको हिउँदे अधिवेशन १३ वटा बैठकपछि १७ फागुनमा स्थगित भएको थियो । नामकरणको विरोधमा आन्दोलन चर्किएपछि २९ चैत ०७९ मा हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

१४ जेठ ०८० मा प्रदेश सभाको बजेट तथा बर्खे अधिवेशन सुरु भएको थियो । तर, माओवादी र जसपा सरकारबाट बाहिरिएपछि एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको काम चलाउ सरकारले जेठ अन्तिममा अध्यादेशमार्फत नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको थियो । त्यसपछि फेरि बर्खे अधिवेशन अन्त्य भएको थियो । काम चलाउ मुख्यमन्त्री कार्कीले १४ असार ०८० मा विश्वासको मत लिन तेस्रो विशेष अधिवेशन बोलाएका थिए । उनले विश्वासको मत प्राप्त गर्न नसकेपछि १५ असार ०८० मा विशेष अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको थियो । 

ad
ad