१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
९३औँ दिन उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री रामकृष्ण चित्रकार ।
२o८१ बैशाख २१ शुक्रबार २३:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

बागमती सरकारका विनाविभागीय मन्त्री चित्रकारले ९३औँ दिन पाए जिम्मेवारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २३:२१:oo

बागमती प्रदेशका विनाविभागीय मन्त्री रामकृष्ण चित्रकारले ९३औँ दिन जिम्मेवारी पाएका छन् । गएको ७ जेठमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रीमा नियुक्त गरे पनि उनलाई मन्त्रालयको जिम्मेवारी दिएका थिएनन् । चित्रकारले ९३औँ दिन उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका हुन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार (कार्य विभाजन) नियमावली, ०८० स्वीकृत गरेपछि चित्रकारलाई जिम्मेवारी दिइएको हो । उनले मंगलबार नै मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् । यससँगै बागमती सरकारमा मन्त्रालयको संख्या १२ पुगेको छ ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशमा खर्च कटौती गर्ने भन्दै पदभार ग्रहणपछि मन्त्रालयको संख्या घटाउने निर्णय गरेका थिए । उनी मुख्यमन्त्री हुँदा रहेका १४ मन्त्रालयलाई ११ मा घटाउने उनले पहिलो निर्णय गरेका थिए । तर, सत्तागठबन्धनभित्र भागवण्डा मिलाउन सकस परेपछि उनले मन्त्रालय बढाएका हुन् । 

यसबीच, मंगलबारको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश आन्तरिक पर्यटन काजसम्बन्धी मापदण्ड, ०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेरका लागि संघीय सरकारमा पठाउने निर्णय पनि गरेको छ ।

प्रदेश सभा बैठक १७ गतेका लागि आह्वान
आर्थिक वर्ष ०८०-८१ को बजेट पारित भएपछि २१ असारदेखि बस्न नसकेको बागमती प्रदेश सभाको बैठक १७ भदौमा बस्ने भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले १७ भदौ दिउँसो १ बजेका लागि बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बिजनेस नहुँदा लामो सयम बस्न नसकेको बैठकमा पाँचवटा ऐन दर्ताका लागि पनि प्रदेश सरकारले स्वीकृत प्रदान गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

मन्त्री श्रेष्ठका अनुसार प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, ०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन, ०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति दिने निर्णय भएको छ ।

यस्तै, ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्दार सेवासम्बन्धी कार्यविधि ०८० स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद बैकले गरेको छ भने प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।

ad
ad