विरोधका बीच परमाणु दूषित पानी समुद्रमा फाल्दै जापान

मंगलबार, ५ भदौ, २०८०
डिजिटल संस्करण

जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल समुद्रमा फाल्न सुरु गर्ने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी बिहीबारदेखि दूषित पानी समुद्रमा फाल्ने निर्णय गरेको हो। सो निर्णयको चौतर्फी विरोध भइरहँदा सरकारले भने दूषित पानी समुद्रमा फाल्ने मिति तय गरेको छ।

समुद्री पर्यावरण र सार्वजनिक स्वास्थ्यमा प्रभाव पार्ने भन्दै छिमेकी अन्य प्रशान्त द्वीप देशहरूका साथै मत्स्य व्यवसायी र स्थानीयले सरकारको निर्णयको विरोध गरिरहेका छन्।

जापान सरकारले परमाणु दूषित पानी प्रशान्त महासागरमा फाल्ने निर्णय लिएपछि स्थानीयले विरोध जनाउँदै आन्दोलनसमेत गरेका छन्। सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

सुझावित समाचार