Skip This
जनमतको ‘एप्रुभल रेटिङ’ : महासचिव सिंहसहित चार सांसद नै फेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३ आइतबार
  • Saturday, 27 July, 2024
अनिल यादव काठमाडौं
२o८o भदौ ३ आइतबार २o:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनमतको ‘एप्रुभल रेटिङ’ : महासचिव सिंहसहित चार सांसद नै फेल

Read Time : < 1 मिनेट
अनिल यादव, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ३ आइतबार २o:३९:oo

सिके राउत नेतृत्वको जनमत पार्टीले शनिबार गरेको प्रदेश सांसदहरूको अनुमोदन रेटिङको परिणाम सार्वजनिक भएको छ। 

आइतबार सार्वजनिक भएको परिणामअनुसार पार्टीका महासचिव एवं मधेस प्रदेशका श्रम तथा यातायातमन्त्रीसमेत रहेका चन्दनकुमार सिंह नै फेल भएका छन्। सिंहसहित चार प्रदेश सांसद फेल भएका हुन्। अन्य १२ प्रदेश सांसद भने पास भएका छन्। 

पक्षभन्दा बढी विपक्षमा मत पाउने सांसदहरूमा सिंहसहित त्रिभुवन साह, भाग्यश्रीकुमारी चौधरी र अनिताकुमारी साह छन्। 

महोत्तरी ३ का सांसद सिंहलाई कुल खसेको ४६ मतमध्ये पक्षमा १४ र विपक्षमा २८ मत प्राप्त भएको छ। सिराहा ४ का सांसद त्रिभुवनले कुल खसेको १०१ मतमध्ये पक्षमा २० र विपक्षमा ७९ मत पाएका छन्। 

सांसद चौधरीले खसेको १०१ मतमध्ये २१ पक्ष र विपक्षमा ७९ मत पाइन्। महोत्तरी ४ की सांसद अनिताले खसेको ३७ मतमध्ये १४ पक्षमा र विपक्षमा २३ विपक्षमा पाइन्। 

जनमतले शनिबार मधेस प्रदेशका १३ र लुम्बिनीका ३ गरेर १६ प्रदेश सांसदहरूको अहिलेसम्म गरेको कामको मूल्यांकन गर्न उनीहरूको सम्बन्धित निर्वाचन क्षेत्रमा मतदान गराएका थियो। 

मतदानमा पार्टीको वडाध्यक्ष, वडाध्यक्षका प्रत्यासी, पालिकाका पदाधिकारी, पालिकामा उठेका प्रत्याशीहरू, प्रदेश समितिका सदस्यहरू, जिल्ला परिषद्का सदस्यहरू, केन्द्रीय समिति सदस्यहरू र राष्ट्रिय परिषद्का सदस्यहरू सहभागी भएका थिए।