१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३ आइतबार
  • Saturday, 06 July, 2024
२o८o भदौ ३ आइतबार o९:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

टाइगर प्यालेस दुई महिनाभित्र पूर्ण सञ्चालनमा आउने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ३ आइतबार o९:४१:oo

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित टाइगर प्यालेस रिसोर्ट नयाँ व्यवस्थापनसहित दुई महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । यसअघि सिल्भर हेरिटेज गु्रपले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेजमार्फत सञ्चालन गर्दै आएको थियो । अहिले अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकमार्फत सिल्भर हेरिटेज लिमिटेडमा भएको अस्ट्रेलियन कम्पनीको सम्पूर्ण सेयर खरिद गरी सञ्चालनको प्रक्रियामा रहेको रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए ।

अमेरिकामा रहेका गैरआवासीय नेपाली बुद्धिसागर सुवेदी, दीपकदत्त गौतम, कुल आचार्य, देव भुसाल, रामजी मरासिनीलगायतको टिमले टाइगर प्यालेस खरिद गरेका हुन् । सिल्भर हेरिटेजमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसायसमेतलाई हेरी १५ मिलियन अमेरिकी डलरमा कारोबार भएको सुवेदीले जानकारी दिए । नयाँ व्यवस्थापन टिमले सरकारलाई तिर्नुपर्ने सबै खालका कर, बैंकको ब्याज, श्रमिकको भुक्तानीलगायतका समस्या चाँडै समाधान गर्ने जनाएको छ ।

‘सरकारको कर, बैंकको ब्याजलगायतका सबै खालका भुक्तानी र अन्य समस्याहरूको व्यवस्थापन गर्दै चाँडै टुंग्याउँदै छौँ,’ हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकका अध्यक्ष बुद्धिसागर सुवेदीले भने । उनले अबको दुई महिनाभित्र रिसोर्टमा उत्पन्न सबै विवाद टुंग्याई नयाँ व्यवस्थापनका साथ रिसोर्ट सञ्चालन हुने बताए । गैरआवासीय नेपालीले खडा गरेको कम्पनीमार्फत अस्ट्रेलियन कम्पनीको सबै सेयर खरिद गरेको भए पनि यस कारोबारबाट नेपालमा कुनै करको दायित्व आएमा कानुनबमोजिम कर तथा राजस्व तिर्न आफूहरू तयार रहेको उनले बताए । ‘सबैभन्दा पहिला रिसोर्टमा क्यासिनो सञ्चालनका लागि प्राथमिकता दिइनेछ, रिसोर्ट बन्द हुने अवस्थामा पुगेकाले आफैँ हटेका वा हटाइएका कर्मचारीलाई पुनर्बहाली गरिनेछ,’ उनले भने ।

रुपन्देही जिल्ला अदालतले उक्त होटेल निर्माणका क्रममा सार्वजनिक तथा सरकारी जमिन मिचेको ठहर गर्दै गत माघ ५ गते पैmसला गरेको थियो । रिसोर्टले सरकारी जमिन प्रयोग गरेका खबर आए पनि रिसोर्ट निर्माणअगावै सरकारी जग्गा, कुलो–नहरबापत १६ कट्ठा जग्गा रिसोर्टको तर्फबाट सट्टापट्टा गरी उपलब्ध गराइएको सञ्चालक दीपकदत्त गौतमले बताए ।  रिसोर्ट र यस कम्पनीमातहतमा सञ्चालित क्यासिनोहरूमा करिब एक हजारजना नेपालीले प्रत्यक्ष रोजगारी पाएका थिए ।  

ad
ad
ad
ad