१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार २१:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सदनको समय विभाजनमा महिलामाथि भेदभाव छ : उपसभामुख राना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २१:११:oo

उपसभामुख इन्दिरा रानाले सदनको समय विभाजनमा महिलामाथि भेदभाव रहेको बताएकी छिन् । 

संघीय संसद् सचिवालयले आज आयोजना गरेको ‘संसद् सञ्चार सम्बन्ध’ कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले सञ्चारमाध्यमले पनि प्रतिक्रिया लिने क्रममा महिलामाथि भेदभाव हुने गरेको बताइन् । 

‘सदनको समय विभाजनमा महिलामाथि भेदभाव रहेको छ । महिलालाई सदनको समयमा विभेद छ, बोल्न दिइँदैन,’ उनले भनिन्, ‘मिडियामा प्रतिक्रिया लिने कुरामा पनि महिला प्राथमिकतामा छैनन् । यसमा ध्यान दिन जरुरी छ ।’ 

उनले छलाङ मारेर नभई कामले महिलाहरूले सफलता चुमेको पनि बताइन् । आफ्नै सन्दर्भमा पनि उनले आफू निरन्तर काम गरेर उपसभामुख भएको भन्दै महिला सांसदको सशक्तीकरणमा लागिरहेको बताइन् । 

‘६० प्रतिशत महिलाको सहभागितामा जनयुद्ध सफल भएको हो,’ उनले भनिन्, ‘आजसम्मका उपलब्धिमा महिलाको विशिष्ट योगदान छ,’ उनले भनिन् । 

उनले संसद्का सम्पूर्ण गतिविधि प्रत्यक्ष प्रसारण गरिनुपर्ने धारणा पनि राखिन् । ‘पार्टीले त गरेको छ भने सदनका सबै गतिविधि लाइभ हुनुपर्छ । पारदर्शिता हुनुपर्छ,’ उनले भनिन् । उपसभामुख रानाले पत्रकारलाई सुविधा दिनुपर्ने र बजेट दिएर निष्पक्ष र तटस्थ काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

ad
ad