१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १८:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीति बनाउन सरकारलाई निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:४८:oo

राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले वन पैदावारको व्यवस्थित उपयोगमा प्रभावकारी नीति बनाउन सरकारलाई निर्देशन दिएको छ।

समितिको शुक्रबार बसेको बैठकले वन पैदावारको व्यवस्थित उपयोगका लागि भएका कानुनलाई समसामयिक बनाउन निर्देशन दिएको हो। समिति सभापति प्रकाश पन्थले जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीतिहरू बनाउन र कानुनहरू समसामयिक बनाउनुपर्ने सुझाव दिएको बताए।

समितिले जलवायु परिवर्तन र यसले पुर्‍याएको असर तथा प्रभाव कम गर्न आवश्यक नीति नियम तर्जुमा गर्न पनि सरकारलाई सुझाव दिएको छ।

‘नेपालका मुद्दालाई विश्वसामु बलियो रूपमा उठाउनुपर्ने देखिन्छ । जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थित उपयोगमा प्रभावकारी नीतिहरू बनाउने र कानुनहरू समसामयिक बनाउनुपर्ने सुझाव दिएको छ,’ पन्थले भने।

ad
ad