१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २२ शनिबार १४:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

१५.५ प्रतिशतले घट्यो व्यापार घाटा

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:१४:oo

गत आर्थिक वर्ष ०७९/८० मा मुलुकको वैदेशिक व्यापार घाटा  १५.५ प्रतिशतले घटेको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अघिल्लो आवको तुलनामा गत आवमा व्यापार घाटा १५.५ प्रतिशतले घटेर रु. १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ। अघिल्लो आवमा यस्तो घाटा २३ प्रतिशतले बढेको थियो।

केन्द्रीय बैंकका अनुसार गत आवमा मुलुकबाट रु. एक खर्ब ५७ अर्ब १४ करोडको वस्तु निर्यात भएको छ। जुन अघिल्लो आवका तुलनामा २१.४ प्रतिशतले कम हो। अघिल्लो आवमा निर्यात ४१.७ प्रतिशतले बढेको थियो। तथ्यांकअनुसार गत आवमा कुल वस्तु आयात १६.१ प्रतिशतले घटेर रु. १६ खर्ब ११ अर्ब ७३ करोड कायम भएको छ। अघिल्लो आवमा यस्तो आयात २४.७ प्रतिशतले बढेको थियो।

राष्ट्र बैंकका अनुसार गत आवमा भारततर्फ भएको निर्यात ३१.३ प्रतिशतले घटेको र चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः ११८.३ प्रतिशत र १०.७ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, पोलिस्टर धागोलगायतका वस्तुको निर्यात बढेको तथा सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको छ।

त्यस्तै, वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.४ प्रतिशत, १५.९ प्रतिशत र २०.७ प्रतिशतले घटेको छ। स्पोञ्ज आइरन, रासायनिक मल, अन्य स्टेसनरी सामान, अलकत्रा, कागजलगायतका वस्तुको आयात बढेको र सवारीसाधन तथा स्पेयर पार्टस्, एमएस बिलेट, औषधि, पेट्रोलियम पदार्थ, कच्चा भटमासको तेललगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकले जनाएको छ।

गत आवको वैदेशिक व्यापारमा निर्यात–आयातको अनुपात ९.७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

ad
ad