१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीका १२ एसपीको एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:o९:oo

सशस्त्र प्रहरी बलको रिक्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि १२ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेहरू सबै सि.संं. २ का सशस्त्र प्रहरी उपरीक्षक हुन् । 

उनीहरू १५ चैत ०७५ मा सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृत हुन् । 

बढुवा सिफारिस हुनेहरूमा राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविनराज कर्णजित, भरत खनियाँ, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकास घिमिरे, तीर्थराज पौडेल, जहरसिंह बुढामगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल छन् । 

सि.सं.२ को दोस्रो टोली ५ जेठ ०७७ मा एसपी बढुवा भएकोमा आज सिफारिस भएका सबै पहिलो चरणमा एसपी भएकाहरू मात्रै छन् ।  

सो समूहका १५ जना यसअघि नै एसएसपी भइसकेका छन् भने बाँकी १९ मध्ये आज १२ जनाको नाम सिफारिस भएको हो ।

ad
ad