मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३२ बिहीबार
  • Wednesday, 05 February, 2025
२o८o श्रावण ३२ बिहीबार १४:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफ्नै संवेदनशील अंग काटेका युवक थप उपचारका लागि भरतपुर रिफर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ३२ बिहीबार १४:o३:oo

आफ्नो संवेदनशील अंग काटेका हेटौँडाका एक युवक अस्पताल भर्ना भएका छन्।

मकवानपुरगढी गाउँपालिका– ७ नयाँगाउँका २२ वर्षका युवकले बुधबार राति हेटौँडा बसपार्कको एक होटेलमा आफ्नो संवेदनशील अंग काटेका थिए।  

आफ्नै संवेदनशील अंग काटेर उपचारका लागि उनी हेटौँडा अस्पताल पुगेपछि घटना बाहिरिएको हो। 

हेटौँडा उपमहानगरपालिका– १०, बसपार्कस्थित एक हाेटेलमा बसेका उनले संवेदनशील अंग काटेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता दीपक रेग्मीले जानकारी दिए। 

युवकले आफैँले आफ्नै संवेदनशील अंग काटेको स्वीकार गरेका छन्। तर, के कारणले उनले त्यसो गरे भन्ने नखुलेको प्रवक्ता रेग्मीले बताए। हेटौँडामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ।