मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
मंगलबार बसेको मन्त्रिपरिषद् बैठक । तस्बिर : रासस ।
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण ३० मंगलबार १९:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले अघि बढायो संघीय निजामती सेवा ऐन, राय लिन लोकसेवा आयोग पठाउने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण ३० मंगलबार १९:३९:००

सरकारले संघीय निजामती सेवा ऐनको मस्यौदामाथि राय लिन लोक सेवा आयोग पठाउने निर्णय गरेको छ। 

आज बसेको मन्त्रिपरिषद् बैठकमा ऐनकाे मस्यौदा पेस भएको थियो। तीनै तहका निजामती कर्मचारीको व्यवस्थापन गर्ने ऐनको विषयमा लोकसेवाको राय आवश्यक हुने भएकाले मन्त्रिपरिषद्ले रायका लागि लोकसेवा पठाउने निर्णय गरेको हो। 

लोक सेवा आयोगले राय दिएपछि त्यसलाईसमेत समेटेर मस्यौदा पुनः मन्त्रिपरिषदमा पेस हुनेछ। मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेपश्चात् मस्यौदा संसदमा पेस हुनेछ। 

मन्त्रिपरिषद्को यस निर्णयसँगै लामो समयदेखि अल्झिरहेको ऐनको प्रक्रियाले अर्को एक चरण पार गरेको छ।