१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एजेन्सी पेरिस
२o८१ बैशाख २१ शुक्रबार o६:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एम्बाप्पे प्रशिक्षणमा फर्किने

Read Time : > 1 मिनेट
एजेन्सी, पेरिस
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१६:oo

 फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी)को नियमित प्रशिक्षणमा फर्किने भएका छन् । पिएसजी र एम्बाप्पेबीच सम्झौता नवीकरण सम्बन्धमा लामो विवाद चलिरहेको थियो । क्लबसँग वार्ता मिलेपछि उनी आइतबार प्रशिक्षणमा फर्कन तयार भएको बिबिसीले जनाएको छ । फ्रेन्च लिग वानको शनिबार भएको पहिलो खेलमै पिएसजीको खेल थियो । सो खेलमा एम्बाप्पे दर्शकतर्फको प्यारापिटमा बसेर खेल हेरेका थिए । पिएसजीले लिगकै पहिलो खेलमा लोरेन्टसँग गोलरहित बराबरी खेलेको थियो । 

लिग वानमा एम्बाप्पेको आवश्यकता महसुस गर्दै पिएसजीले आइतबारै उनीसँग सम्झौताको पक्षमा वार्ता गरेको बिबिसीले जनाएको छ । फ्रेन्च लिग वानको पछिल्ला पाँचमध्ये चार सिजनमा एम्बाप्पे उत्कृष्ट खेलाडी बनेका थिए । महŒवपूर्ण खेलाडी बाहिर रहँदा पिएसजीले उनलाई फर्काउने वातावरण बनाएको हो । उनीसँगको सम्झौता लम्ब्याउन पिएसजी तयार भएको छ । 

पिएसजीसँग सम्बन्ध चिसिँदा एम्बाप्पेलाई साउदी क्लबहरूले कीर्तिमानी रकमको प्रस्ताव राखेका थिए । इंग्लिस क्लबले पनि उनलाई भित्र्याउने प्रयासमा थिए । उनी भित्री रूपमा स्पेनिस क्लब रियल म्याड्रिडबाट खेल्न चाहन्छन् । पिएसजीका भरपर्दा स्ट्राइकर ओस्मान डेम्बेलेसमेत साउदी क्लबमा जाँदा फ्रेन्च क्लबका विश्वस्तरीय फिनिसरको अभाव देखिएको छ । डेम्बेले बार्सिलोनाबाट पिएसजीमा ४३.५ मिलियन पाउन्डमा अनुबन्धित भएका थिए । 

एक महिनादेखि विवाद
गत महिना एम्बाप्पेले पिएसजीसँगको सम्झौता नवीकरण नगर्ने घोषणा गरेका थिए । उनको यो निर्णयसँगै पिएसजी झस्कियो । एम्बाप्पे फ्री ट्रान्सफरका माध्यमबाट अन्य क्लबमा जान चाहेका थिए । त्यतिकै उनलाई अरू क्लबमा जान अनुमति दिँदा पिएसजीले ट्रान्सफर अनुबन्धित रकम नपाउने थियो । पिएसजी उनीबाट आर्थिक लाभ लिने योजनामा थियो । 
सम्झौता गर्न नमानेपछि पिएसजीले उनलाई सिनियर टोलीबाट बाहिर राख्यो । प्रिसिजनअगाडि खेलेको कुनै पनि खेलमा पिएसजीले उनलाई समावेश गरेन ।

उनीविना क्लबले प्रि–सिजनमा संघर्ष गरेको थियो । आइतबार उनीसँग सकारात्मक छलफल भएको र प्रशिक्षणमा समावेश गर्ने निर्णय लिएको पिएसजीले जनायो । ‘हामीबीच सकारात्मक छलफल भएको छ,’ पिएसजीले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘आउँदा दिनमा एम्बाप्पेले नियमित प्रशिक्षण गर्नेछन् ।’ एम्बाप्पेका लागि अल हिलालले तीन सय मिलियन युरोको प्रस्ताव राखेको छ । एम्बाप्पे सन् २०१७ मा मोनाकोबाट एक सय ८० मिलियन युरोमा पिएसजी आएका थिए । उनले यसक्रममा दुई सय ६० खेलमा दुई सय १२ गोल गरेका छन् । 

ad
ad