१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका म्याग्दी
२o८१ बैशाख ३१ सोमबार २१:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रेस्टुरेन्टमा लगेर नाबालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २१:३५:oo

१४ वर्षीया नाबालिकालाई रेस्टुरेन्टमा लगेर बलात्कार गरेको आरोपमा म्याग्दीमा एक युवक पक्राउ परेका छन्। *प्रहरीले बेनी नगरपालिका- ८ का सागर शर्मालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी मदन कुँवरका अनुसार घटना दुई साताअघिको हो। ‘१४ वर्षीया किशोरीलाई रेस्टुरेन्टमा लगेर बलात्कार गरेको उजुरीका आधारमा सागर सुवेदीलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौँ,’ उनले भने। खाजा खान भनेर रेस्टुरेन्टमा लगेको र रेस्टुरेन्टको क्याबिनमा बलात्कार गरेको भन्दै पीडितका परिवारले उजुरी दिएका छन्। 
(*बेनी नगरपालिका– ८ का सागर शर्मा हुनुपर्नेमा भूलवश अन्यथा भएकाेले क्षमायाचनासहित सुधार गरिएकाे छ । सं.)

ad
ad