नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप २०२३ का लागि राष्ट्रिय टिमकाे घोषणा गरेको छ। पाकिस्तान र श्रीलंकामा हुने एसिया कपमा लागि क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको हो।
एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’मा परेको छ। नेपालले समूहमा पाकिस्तान र भारतसँग खेल्नेछ। एसिया कपअघि नेपालले अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्नेछ। एसिया कपको पहिलो खेल नेपालले अगस्ट ३० मा पाकिस्तानसँग खेल्नेछ।
नेपाली टिम पाकिस्तानसँग खेल्नुअघि प्रशिक्षणका लागि ५ भदौमा कराँचीमा पुग्ने र एक साता पाकिस्तानकाे स्थानीय टिमसँग अभ्यास खेल खेल्नेछ।
नेपाली टिम
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल।