१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
यम बम काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तीन दिन अत्यधिक वर्षाको आकलन, बाढीपहिरोको जोखिम

Read Time : < 1 मिनेट
यम बम, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:११:oo

दुई दिन थामिएको झरी शनिबारबाट फेरि सुरु हुने आकलन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै नेपालनजिक रहेको न्यूनचापीय रेखा सक्रिय भएकाले शनिबारदेखि सोमबारसम्म देशभर वर्षाको सम्भावना रहेको जनाएको हो । त्यसबाहेक केही क्षेत्रमा भीषणदेखि अति भीषण वर्षाको आकलन गरिएको छ । 

महाशाखाका अनुसार शनिबार राति मुलुकका धेरै ठाउँमा पानी पर्नेछ, त्यसमा पनि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका  थोरै स्थानमा अत्यधिक वर्षाको सम्भावना छ । राति कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि अत्यधिक वषाको आकलन गरिएको छ ।  

आइतबार पनि देशभर पानी पर्ने आकलन गरिएको छ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा मधेस र लुम्बिनीका एक–दुई स्थानमा भीषणदेखि अत्यधिक वर्षाको समेत सम्भावना छ । आइतबार काठमाडौंलगायत क्षेत्रमा ठूलो पानी पर्ने देखिन्छ । 

सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा पानी पर्नेछ । त्यसबाहेक कोसी, मधेस र बागमतीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भीषणदेखि अत्यधिक तथा  कोसी र बागमतीका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना छ । देशभर वर्षा हुने भएकाले तराईमा बाढी र डुबान तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम आकलन गरिएको छ ।

ad
ad