मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण २६ शुक्रबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २६ शुक्रबार ११:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सदन खुलाउन राष्ट्रपतिसँग सभामुख र अध्यक्षले मागे सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २६ शुक्रबार ११:४४:oo

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेट गरेका छन्। 

राष्ट्रपति कार्यालय शीतलनिवासमा उनीहरूले बिहान १० बजे आधा घन्टा भेट गरेका हुन्। भेटमा संसद्को जारी अवरोधबारे छलफल भएको छ। 

राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र कानून निर्माणमासमेत बाधा पुग्ने भन्दै गतिरोध हटाउन भइरहेको पहलबारे जिज्ञासा राखेका थिए।  

राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा लिएर संसद खुलाउनका लागि आवश्यक पहल गर्न सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सेनाको ध्यानाकर्षणसमेत गराएका थिए। 

सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका थिए।