१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

लमजुङमा अहिलेसम्म ८५ प्रतिशत धान रोपाइँ सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:३५:oo

अब मकैबाली लगाइएकाे र टारी खेतमा मात्रै धान रोप्न बाँकी 

लमजुङमा अहिलेसम्म ८५  प्रतिशत धान रोपाइँ भएको छ। अघिल्ला वर्षको तुलनामा यस वर्ष ढिलो रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको हो। विगतको वर्ष जिल्लाको सबैजसो ठाउँमा यतिवेला ९५ प्रतिशत रोपाइँ सकिएकाे केन्द्रका प्रमुख सुदीप खतिवडाले बताए।

लमजुङमा पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोलाखेतमा जेठ अन्तिम हप्तादेखि नै धान रोपाइँ सुरु भएको थियो। अब मकैबाली लगाइएका र  टारी खेतमा मात्रै धान रोप्न बाँकी छ। अकासेपानीको भर पर्नुपर्ने भएकाले र प्रशस्त पानीको सुविधा नभएकाले यस वर्ष लमजुङमा धान रोपाइँ  ढिलो भएको हो।

केन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार यस वर्ष मनसुन ढिलो भित्रिँदा रोपाइँ ढिलो भएको हो । जिल्लाको राइनास, मध्यनेपाल, बेँसीसहर, क्व्होंलासोथार र दोर्दीका केही ठाउँमा धान रोपाइँ अझै बाँकी रहेको उनले बताए। उनले भने, ‘समयमा पशु महामारीको रूपमा फैलिएको लम्पी स्किन रोगको कारण किसान मारमा परेकाले रोपाइँ ढिला भएको हो ।’ 

विशेषगरी लमजुङको धमिलिकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, हाँडेटारलगायतका क्षेत्र धानकाे प्रमुख पकेट क्षेत्र मानिन्छ। केन्द्रका अनुसार जिल्लाका ४५ हजार ५० हेक्टर क्षेत्रफल जमिन खेतीयोग्यमध्ये १५ हजार हेक्टर बढी क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

यहाँका किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्रको साथमा उन्नत जातहरू लोकनाथ, गोरखनाथ, युएस ३ सय १२, उपज, मकवानपुर, बर्खे ३००४, मनसुलीलगायतको हाइब्रिड जातको धान पनि लगाउँदै आएका छन् ।

ad
ad