१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेविसंघ समावेशी बनाउन माग गर्दै असन्तुष्ट विद्यार्थी नेताले गराए देउवाको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:o२:oo

नेविसंघलाई समावेशी बनाउन माग गर्दै असन्तुष्ट विद्यार्थी नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानकर्षण गराएका छन्। 

हालै पूर्णता दिइएको ७१० सदस्यीय तदर्थ समिति समावेशी नभएको भन्दै असन्तुष्ट विद्यार्थी नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन्। विद्यार्थी नेताहरूले समावेशी सिद्धान्तको कार्यान्वयन गर्न माग गर्दै बिहीबार देउवालाई धुम्बाराहीस्थित निवासमा पुगेर ध्यानाकर्षण गराए। 

‘७१० जनाको तदर्थ समिति बनाउँदा समावेशीकरणलाई बेवास्ता गरी आफ्नै विधान र संवैधानिक दायित्वबाट भाग्नु लज्जास्पद विषय हो। यसले आमविद्यार्थीको भावनामा चोट पुर्‍याएको छ। महिला, मधेसी, आदिवासी जनजाति, दलित, अपांगता भएका, अल्पसंख्यक तथा पिछडिएको वर्गका लागि संवैधानिक व्यवस्थाअनुरूप समावेश गर्नु नेपाल विद्यार्थी संघको दायित्व हो,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।
 
ध्यानाकर्षण-पत्र बुझाउन त्रिवि स्ववियु कोषाध्यक्षसमेत रहेकी पद्मा भुसालसहितको टोली पुगेको थियो। उनीहरूले मधेसी आदिवासी जनजाति, दलित, अपांगता भएका, अल्पसंख्यकलाई केन्द्रीय तदर्थ समितिमा समेट्न संघलाई निर्देशित गर्न माग गरेका छन्।

७१० सदस्यीय जम्बो केन्द्रीय समितिमा ६९ मात्र महिला छन्। यसले ३३ प्रतिशत महिला सहभागीको संवैधानिक व्यवस्था र नेविसंघकै विधान पनि मिचेको उनीहरूको भनाइ छ। 

ad
ad