१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

त्रिपुरासुन्दरी मन्दिर तोडफोड घटनाको अनुसन्धानमा सुरक्षाकर्मी थप, बिदामा बसेका सइ झिकाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:२३:oo

डोल्पाको प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोडको घटना थप पेचिलो बनेको छ। लगातार दोस्रोपटक शृंखलाबद्व रूपमा भएको मन्दिर तोडफोडमा संलग्न दोषी पत्ता लगाउन थप सुरक्षाकर्मी परिचालन गरिएको हो।

मन्दिरमा भएको शृंखलाबद्व प्रहारको घटनामा यथाशीघ्र दोषी पत्ता लगाएर कारबाही गर्न पुजारीहरूले माग गरेका छन्। घटनाको गहिराइमा पुगेर अनुसन्धान गर्न बिदामा बसेका प्रहरी चौकी त्रिपुराकोटका इन्चार्ज तथा प्रहरी नायव निरीक्षक रुद्रबहादुर शाहीलाई बिदा नसकिँदै फिर्ता बोलाइएको छ।

मन्दिर प्रवेश गर्ने दुईवटा गेटमा अहिले प्रहरी खटाएर मन्दिर प्रवेश गर्ने सम्पूर्ण व्यक्तिको नाम, ठेगानासमेत टिप्न सुरु गरिएको प्रहरी नायव निरीक्षक शाहीले बताए। यसबाहेक अन्य माध्यमबाट पनि अनुसन्धान भइरहेकाले छिट्टै दोषी पत्ता लाग्ने उनको भनाइ छ।

एक साताअघि खप्तड बाबा पदमार्गको एक हजार आठ सिँढीमध्ये १६ वटा सिँढी हथौडा प्रयोग गरी फुटाएको पाइएको थियो।

ad
ad