१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार २o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

तामाङ र मगर समुदायमाथि बल प्रयोगको छानबिन गर्न समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार २o:४३:oo

तामाङ र मगर समुदायमाथि १७ साउनमा भएको बल प्रयोगको छानबिन गर्न सरकारले समिति गठन गरेको छ। 

अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिको विरोधसहित कारबाहीको माग गर्दै प्रहरी परिसर टेकुमा धर्नामा बसेका वेला तामाङ र मगर समुदायमाथि बल प्रयोग भएको थियो। 

सोही घटनाको छानबिन गर्न सरकारले आज पाँचसदस्यीय छानबिन समिति गठन गरेको हो। 

गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै गृहका उपसचिव रामबहादुर शाहीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जनाएका छन्। 

समितिलाई घाइते भएका व्यक्तिहरूबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न १० दिनको समय तोकिएको छ। समितिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौं, उपत्यका प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सदस्य छन्।

कारागारभित्रै मृत्यु भएको घटनाको पनि छानबिन हुने
सरकारले कारागार कार्यालय संखुवासभाका कैदीहरू विनोद तोलांगी र विकास श्रेष्ठ भनिने आकाश बलामीको २४ साउनमा कारागारभित्रै मृत्यु भएको सम्बन्धमा समेत सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन पेस गर्न छानबिन समिति गठन गरिएको प्रवक्ता भट्टराईले जनाएका छन्। 

कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा गठित पाँचसदस्यीय छानबिन समितिमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रतिनिधि सदस्य छन्। 

ad
ad