मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण २४ बुधबार
  • Friday, 14 August, 2026
२o८o श्रावण २४ बुधबार १७:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोटा निर्धारण नहुँदा रासायनिक मल गोदाममै थन्कियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २४ बुधबार १७:o६:oo

खेती गर्ने समयमा रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका छन्। गोदाममा रासायनिक मल भए पनि तनहुँ, लमजुङ र गोरखाका किसानले पाएका छैनन्। 

कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी राखिएको मल वितरण गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले जनाएको छ। कोटा निर्धारणमा ढिलाइ हुँदा मल वितरण पनि ढिला भएको कम्पनी दमौलीका शाखा प्रबन्धक दिनेश शर्माले जानकारी दिए।

गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले वितरणका लागि कोटा निर्धारण गर्न ढिला गर्दा समयमा मल वितरण गर्न नसकिएको उनले बताए।

उनका अनुसार हालसम्म जिल्लामा एक सय ९० मेट्रिक टन युरिया मल आएको छ। कम्पनीमा एक सय ९० मेट्रिक टन युरिया, ६० मेट्रिक टन पोटास र ६० मेट्रिक टन डिएपी मल भण्डारमा छ।