१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख १९ बुधबार १३:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

औषधि खरिदमा भ्रष्टाचारको आशंकापछि सतर्कता केन्द्रले झिकायो डाकनेश्वरीका कागजपत्र

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:५६:oo

राष्ट्रिय सतर्कता केन्द्रले सप्तरीको डाकनेश्वरी नगरपालिकामाथि गत आर्थिक वर्ष औषधि खरिद गर्दा लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको आशंकामा अनुसन्धान थालेको छ। 

केन्द्रले नगरपालिकासँग पत्राचार गरी अनुसन्धानका लागि आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपि मागेको छ। आर्थिक वर्ष ०७९/८० मा ४० लाखको औषधि खरिदमा भ्रष्टाचार भएको उजुरी परेपछि अनुसन्धान थालेको केन्द्रका प्रवक्ता राजेन्द्रकुमार पौडेल जानकारी दिए।

केन्द्रले नगरपालिकासँग आर्थिक वर्ष ०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम, लागत अनुमान, लागत अनुमान तयार गर्दा लिइएको आधारको प्रतिलिपि, खरिद एकाइ गठन भए–नभएको सोको निर्णय र बोलपत्र मूल्यांकन समिति गठन भए–नभएको, गठन भए सोको प्रतिलिपिसमेत माग गरिएको प्रवक्ताले बताए।

 

 

ad
ad