१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एएफसी कपको प्रारम्भिक चरण छनोटमा भुटानको पारो एफसीविरुद्ध गाेल गरेपछि खुसी मनाउँदै मच्छिन्द्र फुटबल क्लबका खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख २० बिहीबार २o:११:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

भुटानको पारो एफसीमाथि मच्छिन्द्रको संघर्षपूर्ण जित

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:११:oo

एएफसी कपको प्रारम्भिक चरण छनोटमा मच्छिन्द्र फुटबल क्लब (एमएफसी)ले भुटानको पारो एफसीविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ। 

दशरथ रंगशालामा आज भएको खेलमा ‘ए’ डिभिजन लिगको उपविजेता मच्छिन्द्रले भुटानको लिग च्याम्पियन पारोलाई ३–२ गोल अन्तरले पराजित गरेको हो। 

खेलमा गोलको खाता भने पारोले खोलेको थियो। सातौँ मिनेटमा पेनाल्टी क्षेत्रको बायाँ भागबाट यसी दोर्जीले दिएको पासमा जापानी फरवार्ड काजुओले गोल गर्दै पारोलाई अग्रता दिलाएका थिए। काजुओको प्रहार गोलरक्षक विशाल श्रेष्ठले बचाउने प्रयास गरे पनि उनको हातमा लाग्दै बलले जाली चुमेको हो। 

तर, पाँच मिनेट नबित्दै मच्छिन्द्र खेलमा फर्कियो। १२औँ मिनेटमा प्राप्त कर्नरमा आयुष घलानले दिएको क्रस सदुपयोग गर्दै नेपाली राष्ट्रिय टिमका स्ट्राइकर रहेका विमल घर्तीमगरले हेडरमार्फत बराबरी गोल गरे। 

तीन मिनेटपछि नै पेनाल्टी क्षेत्रमा विमलको उत्कृष्ट पासमा आयुषले वन टचमै आकर्षक गोल गर्दै मच्छिन्द्रलाई खेलमा अग्रता दिलाए । 

३९औँ मिनेटमा मछिन्द्रले अग्रता अझ मजबुद बनायो । काउन्टर अट्याकमा प्राप्त क्रसलाई सदुपयोग गर्दै ओलावाले आफिजले खेल ३–१ को अवस्थामा ल्याए । काउन्टर अट्याकमा मिडफिल्डबाट ओमोलाजा करिमले बल अघि बढाउँदै आफिजलाई क्रस दिएका थिए । 

पहिलो हाफमै ३–१ ले पछि परेको पारोले दोस्रो हाफमा आक्रामक फुटबल खेल्यो। गोलका लागि एकपछि अर्को प्रयास गरिरहेको पारोले ७१औँ मिनेटमा गोलअन्तर घटायो। 

आकर्षक गोल गर्दै एभान्स असान्तेले पारोलाई खेललाई फर्काउने संकेत दिए। दोस्रो गोल गरेपछि पारोका खेलाडी थप आक्रामक र मच्छिन्द्रका खेलाडी दबाबमा देखिए। 

यसबीच ७९औँ मिनेटमा करिमको सुन्दर फ्रिकिक पोस्ट बाहिरबाट गयो भने लगत्तै अर्को आक्रमण क्रसबार नजिकबाट बाहिरियो। 

९०औँ मिनेटमा पनि पारोले डरलाग्दो आक्रमण गरेको थियो। असान्टेको क्रसमा काजुओले ६ यार्ड बक्सभित्रबाट डरलाग्दो प्रहार गरेका थिए। जसलाई कप्तानी सम्हालेका गोलरक्षक विशालले निकै राम्रो बचाउ गर्दै मच्छिन्द्रको जित पक्का गरे। 

आजको जितपछि मच्छिन्द्रले दोस्रो चरणको छनोटका लागि भारतीय क्लब मोहन बगान सुर जायन्टसँगको भेट पक्का गरेको छ। आगामी ३१ साउनमा हुने सो खेल कोलकातास्थित साल्ट लेक रंगशालामा खेलाइनेछ। 

मच्छिन्द्रले अब प्लेअफको दोस्रो चरणमा भारतीय क्लब मोहन बगान सुपर जायन्टको सामना गर्नेछ। खेल साउन ३१ गते बुधबार कोलकातास्थित साल्ट लेक रंगशालामा हुनेछ। सो खेलको विजेताले समूह चरणमा स्थान बनाउन बंगलादेशको अवाहानी ढाका र माल्दिभ्सको क्लब इगल्सको विजेतासँग खेल्नेछ।

एएफसी कपको यस सिजनमा मच्छिन्द्रले भाग्यशाली हुँदै मौका पाएको हो। गत सिजनको ‘ए’ डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइजसँग एएफसीको ‘ए’ लाइसेन्स नहुँदा उपविजेता मच्छिन्द्रले प्रारम्भिक छनोट खेल्न अवसर पाएको हो। गत वर्ष पनि मच्छिन्द्रले प्रतियोगिता खेलेको थियो। 

 

तस्बिरहरू : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

ad
ad