मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २३ मंगलबार
  • Tuesday, 07 January, 2025
२o८o श्रावण २३ मंगलबार o९:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मकवानपुरमा पहिरोले घर पुरिँदा एकको मृत्यु, ६ जना बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २३ मंगलबार o९:४२:oo

मकवानपुरको बागमती गाउँपालिका– ५ सिक्रे दोभानमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ भने पहिरोमा परेर ६ जना बेपत्ता भएका छन् । काभ्रे जिल्लाको खानीखोला गाउँपालिका– ५ स्थायी घर भई मकवानपुरको बागमती गाउँपालिका– ५ स्थित सिक्रे दोभान बस्दै आएका अक्कलबहादुर स्याङ्तानको घर पहिरोले पुरिएको हो ।

मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीका अनुसार स्याङ्तानको घर पहिरोले बगाउँदा उनकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङ्तानको मृत्यु भएको र अन्य ६ जना बेपत्ता भएका छन् ।

पहिरोमा परी पुरिएकामध्ये सन्तमायालाई स्थानीयले उद्धार गरी उपचारका लागि मकवानपुरको भोर्लेस्थित स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रवक्ता कार्कीले जानकारी दिए । बेपत्ता भएकाहरूको खोजीकार्य भइरहेको उनको भनाइ छ ।

पहिरोमा परेर बेपत्ता हुनेहरूमा ६० वर्षका अक्कलबहादुर स्याङ्तान, उनकी छोरी २२ वर्षकी शिला पहरी, ज्वाइँ २५ वर्षका जीवन पहरी, नाति चार वर्षका मिलन पहरी, नातिनी डेढ वर्षकी दिव्या पहरी र सिन्धुली जिल्ला हरिहरपुर गाउँपालिका– १ कोटकीका अन्दाजी १६–१७ वर्षीय पासाङ घिसिङ रहेको प्रवक्ता कार्कीले जानकारी दिए ।

गएराति घरनजिकैको खोल्सीमा पानीको बहाव बढेर आउँदा खसेको पहिरोले स्याङ्तानको घर बगाएको प्रहरीले जानकारी दिएको छ ।