१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नागढुंगा-नौबिसे सुरुङको रेस्क्यु टनेल ‘ब्रेक थ्रु’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:१७:oo

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुंगा सुरुङमार्गको सहायक (रेस्क्यु टनेल)को ‘ब्रेक थ्रु’ भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रेस्क्यु टनेलको ब्रेक थ्रु गरेका हुन्। 

विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीका अनुसार आयोजनाअन्तर्गत दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु र दुई हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग निर्माण भइरहेका छन्। त्यसमा मुख्य टनेलको भने पाँच सय ६ मिटर खण्ड खन्न बाँकी छ।  

जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनले यो आयोजनाको निर्माण गरिरहेको छ। २०१९ अक्टोबर २१ मा शिलान्यास भएको आयोजनाको साढे तीन वर्षमा सहायक सुरुङमार्गको ब्रेक थ्रु हुन लागेको हो ।

आगामी अप्रिल ०२४ भित्र कम्पनीले आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने म्याद छ। तर, त्यस अवधिमा आयोजनाको निर्माण कार्य नसकिने बताइएको छ। 

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

ad
ad