१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वार्षिकोत्सवमा आइएमई लाइफका विभिन्न कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:२५:oo

 आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो छैटौँ वार्षिक उत्सवको अवसर पारेर विभिन्न मानवीय कार्य गरेको छ । कम्पनीले देशका ६ वटा प्रदेशमा रहेका मानव सेवा आश्रम, वृद्धाश्रम र बालआश्रममा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम गरेको हो । 

कोसी प्रदेशमा बिर्तामोड र विराटनगर शाखाले परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित हाम्रो साझा घरमा रहेका ४० जनाभन्दा बढी वृद्धवृद्धालाई झुल तथा खाद्यान्न सामग्री वितरण गरेको कम्पनीले जनाएको छ । त्यस्तै, मधेस प्रदेशमा वीरगन्ज र हरिवन शाखाले मानव सेवा आश्रम हरिवन र वीरगन्जमा खाद्यान्न सामग्री वितरण गरेको जनाइएको छ । बागमती प्रदेशको काठमाडौंको सोह्रखुट्टेमा रहेको असहाय ज्येष्ठ नागरिक आश्रम तथा भक्तपुरको मानव कल्याण समाज सेवा घर तथा नारायणघाट शाखाले चितवन मानव सेवा आश्रममा सरसफाइका सामग्री हस्तान्तरण र खाजा खुवाउने कार्यक्रम गरेको कम्पनीले जनाएको छ । 

गण्डकी प्रदेशमा बाग्लुङ शाखाले बाग्लुङ मानव सेवा आश्रममा रहेका वृद्धवृद्धादेखि बालबालिकासम्मलाई भोजन सहयोग गरेको जनाइएको छ । वालिङ शाखाले राम्दीको श्री शिवपार्वती वृद्धाश्रममा रहेका वृद्धहरूका लागि फलफूल, नगद र सिलिङ पंखा वितरण गरेको उल्लेख छ । 

त्यसैगरी, दमौली शाखाले उज्यालो मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम गरेको जनाइएको छ । कर्णाली प्रदेशमा नेपाल बिमा प्राधिकरण प्रदेश प्रमुख पदम सोडारीको उपस्थितिमा सुर्खेतको बादी सरोकार मञ्चलाई खाद्यान्न सामग्री वितरण गरेको उल्लेख छ ।

उक्त मञ्चअन्तर्गतको आश्रममा एक सय १० जना लोपोन्मुख बादी जातिका बाल विद्यार्थी बस्ने गरेको कम्पनीले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा धनगढी शाखाले आमाको माया छात्रावासमा अनाथ बालबालिकालाई खाना खुवाउने कार्यक्रम गरेको जनाइएको छ । त्यस्तै, लम्की शाखाले बौनियामा रहेको सहारा घरमा भोजन वितरण तथा 
बाजुरा शाखाले पनि बालआश्रममा भोजन वितरण गरेको उल्लेख छ ।

ad
ad