मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण २१ आइतबार
  • Wednesday, 02 September, 2026
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २१ आइतबार ११:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघीय निजामती ऐन आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुन्छ : मन्त्री मोदी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २१ आइतबार ११:१६:oo

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती ऐन आगामी मन्त्रिपरिषद्को बैठकमा पेस हुने बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री मोदीले संघीय निजामती ऐनको ड्राफ्ट सकिसकेको र आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने तयारी भएको जानकारी गराए। 

यस्तै, उनले ढुंगा–गिटी तथा फोहाेरमैला व्यवस्थापनसम्बन्धी बेग्ला–बेग्लै विधेयक पनि आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने तयारी रहेको बताए। 

एक फरक प्रसंगमा शक्तिकेन्द्रको पछि लागेर रोजेको ठाउँमा मात्रै बस्ने कर्मचारीहरूबाट सुशासन हुन नसक्ने मन्त्री मोदीको भनाइ थियो।