Skip This
रासायनिक मल कालोबजारी गर्ने भक्तपुरको एक पसलमा सिलबन्दी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २१ आइतबार
  • Saturday, 05 October, 2024
२o८o श्रावण २१ आइतबार o७:o७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

रासायनिक मल कालोबजारी गर्ने भक्तपुरको एक पसलमा सिलबन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २१ आइतबार o७:o७:oo

जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलमा धमाधम छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको नेतृत्वमा गएको टोलीले अनुदानको रासायनिक मल बढी मूल्य लिएर बिक्री गर्ने भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित न्हुँछेभक्त कटुभाजूले सञ्चालन गरेको एनबी मल पसलमा छापा मारी सिलबन्दी गरेको हो ।

नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल कालोबजारी गरी बिक्री गरेको उपभोक्ताको गुनासो आउनेबित्तिकै जिप्रका भक्तपुरको टोलीले उक्त पसलमा छापा मारी गैरकानुनी रूपमा भारतबाट ल्याएको अवैध मल दुई हजार एक सयमा बिक्री गरेको पाइएपछि मल बरामद गर्दै पसल सिलबन्दी गरिएको प्रजिअ खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रजिअ रिजालले भने, ‘उक्त मल पसलबाट कालोबजारी गरी महँगो मूल्य लिएर बिक्री गर्दै गरेको अवैध एक सय २९ बोरा रासायनिक मल बरामद गरेका छौँ, त्यसमध्ये २० वटा बोरामा कृषि सामग्री लिमिटेड लेखिएको छ, अरू बोरामा नेपालमा बिक्री–वितरण गर्ने भनी उल्लेख गरिएको छैन, त्यस्तो मल अवैध हो, त्यस मल पसललाई सिलबन्दी गरी थप अनुसन्धान सुरु गरेका छौँ ।’ 

जिल्ला प्रशासनको टोलीलाई मल विक्रेता कटुभाजूले मल खरिदको बिलसमेत देखाउन नसकेको जानकारी दिँदै उनले मल बिक्री गर्दा एग्रो वल्र्ड ललितपुर लेखिएको बिल दिने गरेको पाइएकाले आवश्यक कारबाही गरिने बताए । जिप्रका भक्तपुरले धान रोपाइँको समयमा मल अभाव देखाउँदै कालोबजारी गर्ने गरेको पाएपछि भक्तपुरका मल पसलहरूमा अब आकस्मिक अनुगमन गर्ने अभियान नै सञ्चालन गर्ने भएको छ ।