१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एसिया यू–२० रग्बी नेपालमा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:४६:oo

 नेपालमा हुने एसिया रग्बी यू–२० सेभेन पुरुष प्रतियोगितामा सात टोली सहभागी हुने भएका छन् । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा २ देखि ३ भदौमा दशरथ रगशालामा प्रतियोगिता हुनेछ । नेपाल रग्बी संघले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति र सहभागी टोलीको टुंगो लगाएको हो । 

प्रतियोगिताको पुरुषतर्फ आयोजक नेपालसहित भारत, थाइल्यान्ड, मलेसिया, चाइनिज ताइपेई, हङकङ, उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ नेपाल, थाइल्यान्ड र मलेसिया गरी तीन राष्ट्रको मात्रै सहभागिता हुनेछ । प्रतियोगिता नकआउट आधारमा हुनेछ । लिगमा पहिलो र दोस्रो हुने टोलीबीच उपाधि भिडन्त हुने संघका महासचिव गोविन्द घिमिरेले बताएका छन् । 

संघका अनुसार प्रतियोगिताको अनुमानित लागत ७२ लाख छ । विजयी टोलीले एसिया रग्बीको ट्रफी प्राप्त गर्नेछ । एसिया रग्बीको सदस्यता प्राप्त गरेका ३५ राष्ट्रका रग्बी संघले यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछन् । प्रतियोगिताका लागि नेपाली यू–२० महिला तथा पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको छ । श्रीलंकन प्रशिक्षक सेन वेजेसिंघेले १५ असारदेखि दिइरहेको प्रशिक्षण निकै प्रभावकारी रहेको जनाएको छ ।

‘श्रीलंकन प्रशिक्षकबाट खेलाडीले राम्रो गरिरहेका छन्, प्रतियोगितामा टोलीले राम्रो नतिजा ल्याउने विश्वास लिएका छौँ,’ घिमिरेले बताए । हाल महिला र पुरुषतर्पm समान २० खेलाडी पोखरामा हाई परफर्मेन्स प्रशिक्षणमा छन् । उनीहरूमध्ये अन्तिम १५ जनाले आगामी प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

ad
ad