मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण १७ बुधबार
  • Friday, 14 August, 2026
२o८o श्रावण १७ बुधबार २o:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङमा भुइँ बारुला पोलेर खाँदा ६ जना बिरामी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १७ बुधबार २o:४४:oo

हिमाली जिल्ला मनाङमा भुइँ बारुला (सिंगुस) खाँदा ६ जना बिरामी परेका छन्। बिरामी परेकाहरू मजदुर हुन्। मंगलबार दिउँसो चामे गाउँपालिका– ३ कोतोस्थित मनाङमा काम गर्ने ६ जना मजदुरले भुइँ बारुला पोलेर खाएका थिए। 

गोर्खाका सेते तामाङ, पहलमान थापा, उदयपुरकी लीला तामाङ, गोर्खाका दलबहादुर आले, गुन्जमान थापा, धादिङका प्रेमबहादुर घले, गोर्खाका वनबहादुर आले बिरामी परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीका अनुसार सिंगुस खाएकाहरूको लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

‘सिंगुस खाएर सुतेका उनीहरूलाई रातिदेखि मुटु, छाती र सबै जिउ पोल्न थालेपछि थप उपचारका लागि लमजुङ अस्पताल पठाइएको हो,’ प्रनाउ भण्डारीले भने।

उनका अनुसार सबै बिरामी अचेत अवस्थामा छन्। उनीहरू ३५ देखि ४८ उमेर समूहका रहेको उनले बताए। (रासस)