Skip This
प्रहरी महानिरीक्षकले गरे एआइजी र डिआइजीसँग कार्यसम्पादन सम्झौता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १५ सोमबार
  • Friday, 26 July, 2024
तस्बिर साैजन्य : नेपाल प्रहरी प्रधान कार्यालय ।
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १५ सोमबार १९:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी महानिरीक्षकले गरे एआइजी र डिआइजीसँग कार्यसम्पादन सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १५ सोमबार १९:१४:oo

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रदेश प्रमुख रहेका नायब महानिरीक्षक(डिआइजी) सँग कार्यसम्पादन सम्झौता गरेका छन्। 

प्रहरीका काम कारबाहीलाई प्रभावकारी बनाउने उद्देश्यसहित आर्थिक वर्ष ०८०–८१ को वार्षिक कार्यसम्पादन सम्झौता गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 
नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली, केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यसँग सोमबार कार्यसम्पादन सम्झौता भएको छ। 

त्यस्तै, प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी, प्रदेश समन्यव विभागका प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले कार्यसम्पादन सम्झौतामा सिर्जनशील तथा प्रवर्द्धनात्मक कार्यक्रमहरू समावेश गरिएको हुँदा सम्पूर्ण प्रहरी कार्यालयहरूले आफ्नो कार्यशैलीमा सिर्जनशीलता देखाउँदै  सम्झौताको उद्देश्य प्राप्तिका लागि दत्तचित भएर काम गर्नुपर्ने बताए। 

नेपाल सरकारले प्रहरी संगठन रूपान्तरणको नीतिलाई आत्मसात् गर्दै अगाडि बढेको अवस्थामा यो अवसरलाई सदुपयोग गर्दै प्रत्येक प्रहरी कर्मचारीहरूले सकारात्मक भई प्रहरी कार्यमा सुशासन कायम गर्ने, आन्तरिक शुद्धीकरण गर्ने, नागरिकमैत्री बन्ने र पूर्णव्यावसायिक बन्दै निष्ठामा रहेर प्रहरीको छवि सुधार्ने काम गर्न उनले निर्देशन दिएका छन्।   

प्रविधिको विकाससँगै अपराधलगायतका विभिन्न गतिविधिहरूमा परिवर्तन आएकोले प्रत्येक प्रहरी कर्मचारीहरूले आफ्नो व्यवहार र कार्यशैलीलाई समयअनुसार परिवर्तन गर्दै अगाडि बढ्नुपर्नेमा उनको जोड छ।