१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार २o:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

पाकिस्तान बम विस्फोट : मृत्यु हुनेको संख्या ४० पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २o:o२:oo

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आज भएको बम विस्फोटमा कम्तीमा ४० जनाको मृत्यु भएको छ। दर्जनौँ घाइतेको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

प्रान्तीय गभर्नर हाजी गुलाम अलीले मृतकको संख्याको पुष्टि गरेका हुन्। खैबर पख्तुनख्वा प्रान्तका स्वास्थ्यमन्त्री रियाज अनवरले पनि ४० को मृत्यु भएको जनाएका छन्। 

समाचार संस्था एएफपीसँग कुरा गर्दै अनबरले भने, ‘विस्फोटपछि अस्पतालमा लगिएकामध्ये ४० जनाको मृत्यु भइसकेको छ भने एक सय २३ घाइतेको उपचार भइरहेको छ।’ 

उनले आक्रमणकारी व्यक्ति र समूहबारे गहन अनुसन्धान सुरु गरिसकेको बताए। अहिलेसम्म आक्रमणको कुनै व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन। (एएफपीकाे सहयाेगमा)

ad
ad