१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o९:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:o३:oo

एक वर्षपछि बसेको कांग्रेस बैठकले छाडेको सन्देश के हो ? 
बैठकलाई सामाजिक सञ्जालमार्फत ‘लाइभ’ गरेपछि यसका मिश्रित प्रतिक्रिया आए । देशभरका नेता, कार्यकर्ताले आफूले चुनेर पठाएका केन्द्रीय तहका नेताको बोली, विचार र हैसियत प्रत्यक्ष थाहा पाए । यसलाई सकारात्मक मान्नुपर्छ । यसले कांग्रसको वर्तमान र भविष्य देखाइदिएको छ । बैठकमा बोल्नका लागि तोकिएको ७ मिनेटको समय मुद्दाकेन्द्रित छलफलका लागि भन्दा पनि नेतृत्वको समर्थन र विरोधमा मात्र खर्चिएको देखियो । वक्तामध्ये अधिकांशले एक अर्काको फोहोर देखाउन समय खर्चिए । सबैबाट आआफ्नो भक्ति देखाउने काम मात्र भयो । 

बैठकले संस्थापन र इतर समूहबीचको दूरी घटायो कि बढायो ? 
बैठक अवधिभरको दृश्य हेर्दा समग्रमा दूरी घटेकै देखियो । तर, दूरी घटे पनि पुस्ताको द्वन्द्व भने प्रस्ट रूपमै बाहिर आयो । नयाँ पुस्ताकै कतिपय अनुहारले पनि पुरानै पुस्ताको गुणगान र भक्तिभाव देखाए । पार्टी सभापति शेरबहादुर देउवा र उहाँका पक्षका नेताहरूको यथास्थितिवादी सोच र अबका दिनमा यसरी अघि बढ्न सकिन्न, पार्टीमा ‘¥याडिकल चेन्ज’ आवश्यक छ भन्ने महामन्त्री गगन थापाको विचार पनि प्रस्ट रूपमा बाहिर आयो । यी दुईबीच डा. शेखर कोइरालाको मध्यमार्गी विचार पनि आयो । 

बैठकले पार्टीमा रूपान्तरणको सम्भावना कति देखायो ?
यस पटकको बैठकले पार्टीमा रूपान्तरणको सम्भावना देखाएन । यथास्थितिवादी समूहले यसबारे सोच्न आवश्यक पनि ठानेन । युवा भनिएका कतिपय नेताले पनि यसमा चासो र समय दुवै दिएनन् 

ad
ad