मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १२ शुक्रबार
  • Thursday, 02 January, 2025
२o८o श्रावण १२ शुक्रबार २१:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिटरब्याजसम्बन्धी ८१ मुद्दाको टुंगो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १२ शुक्रबार २१:४२:oo

सप्तरीमा निवेदन परेका मिटरब्याजसम्बन्धी ८१ वटाको निवेदन टुंगो लागेको छ । जिल्ला प्रशासन कार्यालयले सप्तरीमा केही दिनयता दैनिक रूपमा छलफल चलाइरहेको ८१ निवेदन फर्स्याेट भएको जनाएको छ । 

सप्तरी जिल्लामा मिटरब्याजसम्बन्धी एक हजार पाँच सय ७९ निवेदन परेका छन् । निवेदनमाथि जिल्ला प्रशासन कार्यालयमा दैनिक छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।

उनले भने, ‘अहिले दुई ठाउँमा राखेर छलफल भइरहेको छ, छिटोभन्दा छिटो मुद्दा टुंगियोस् भन्ने हाम्रो चाहना छ ।’ उनका अनुसार मिटरब्याजपीडितले दिएको निवेदनका आधारमा पीडित र पीडकलाई बोलाएर छलफल गर्ने गरिएको छ ।

पीडित र पीडकको तर्फबाट एक–एक, जिल्ला प्रशासन कार्यालयका एकजना र जिल्ला प्रहरी कार्यालयका एकजना राखेर छलफल चलाइएको प्रजिअ थापाले जानकारी दिए । 

आवश्यक पर्दा मालपोत, नापीका कर्मचारीलाई पनि छलफलमा सहभागी गराइने गरेको उनले बताए । उनका अनुसार अहिलेसम्म आठ सय तीनपटक छलफल भइसकेको छ । 

उनले दुई करोड ८८ लाख ४४ हजारको तमसुक च्यातिएको तथा १२ बिघा १२ कट्ठा १६ धुर जग्गा पीडितलाई फिर्ता गराएको जानकारी दिए । (रासस)