१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आँखुखोला जलविद्युतकाे हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:१८:oo

आँखुखोला जलविद्युत् कम्पनीले जारी गर्न लागेको हकप्रद सेयर निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक तथा सेयर रजिस्ट्रारमा नियुक्त भएको छ । आँखुखोलाले एकबराबर एक दशमलव पाँचको अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 

सम्झौतासँगै सेयरधनीलाई हकप्रद सेयर निष्कासनसम्बन्धी कार्यका लागि आवश्यक पूर्वतयारी सुरु भएको र तयारी सकिएसँगै नियामक निकायहरूबाट हकप्रद सेयर निष्कासनका लागि अनुमति माग गरिने कम्पनीले जनाएको छ । सम्झौतामा आँखुखोलाका अध्यक्ष राम श्रेष्ठ तथा नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरेको जनाइएको छ । 

काठमाडौंबाट करिब एक सय ३२ किलोमिटर टाढा धादिङ जिल्लामा रहेको आँखुखोला बुढीगण्डकी नदीको प्रमुख सहायक नदीमध्ये एक हो । आँखुखोलाको क्याचमेन्ट क्षेत्र करिब ६ सय ३३ किलोमिटर रहेको जनाइएको छ । यसको बहाब औसत वार्षिक प्रवाह ५८.३८ क्युमेक अनुमान गरिएको छ । ३४.५ क्युमेकको डिस्चार्ज ४० प्रतिशतभन्दा बढी सम्भाव्यता भएको मानिएको छ । कम्पनीको विद्युत् उत्पादन क्षमता ८.४ मेगावाट रहेको र उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जडान गरिएको छ । 

ad
ad