Skip This
पत्रकार कुटपिटको आरोप लागेका रास्वपा नेता खड्का निलम्बित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ९ मंगलबार
  • Saturday, 27 July, 2024
निलम्बनमा परेका रास्वपा बझाङका संयोजक नगेन्द्र खड्का । तस्बिर : खड्काकाे फेसबुक ।
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ९ मंगलबार २१:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार कुटपिटको आरोप लागेका रास्वपा नेता खड्का निलम्बित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ९ मंगलबार २१:३१:oo

पत्रकार कुटपिट गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला संयोजक नगेन्द्र खड्का निलम्बित भएका छन्। रास्वपाको अनुशासन समितिले खड्काले प्रारम्भिक अनुसन्धानपछि निलम्बनका लागि पार्टीलाई सिफारिस गरेको थियो। 

समितिले प्रारम्भिक अनुसन्धान गर्दा चित्तबुझ्दो जवाफ नपाएपछि पदबाट निलम्बन गरेको पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए।

होटेल होलिडे इनका सञ्चालकसमेत रहेका खड्काले स्थानीय रेडियो खप्तड आवाज र नेपाल एंगल अनलाइनमा कार्यरत पत्रकार सुनील मण्डेललाई सोमबार निजी निवासबाटै अपहरण गरी बन्दी बनाएर कुटपिट गरेको आरोप लागेको थियो। 

मण्डेललाई कुटपिट गरिएको विषयमा नेपाल पत्रकार महासंघ बझाङ शाखा, प्रेस चौतारी नेपाललगायतले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेपछि रास्वपामाथि कारबाहीको दबाब बढेको थियो। 

‘स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकार मण्डेलमाथि भएको कुटपिटको यो घटना प्रेस स्वतन्त्रताविरोधी काम भएको महासंघको ठहर छ,’ नेपाल पत्रकार महासंघ बझाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत वा विषयगत विमति भए समाधान गर्ने प्रशस्त ठाउँ र कानुनी उपचारको प्रक्रिया हुँदाहुँदै गरेको प्रेसविरोधी कार्यको महासंघ भर्त्सना गर्दछ।’ 

कांग्रेसबाट विवेकशील पार्टी हुँदै रास्वपा प्रवेश गरेका खड्का पछिल्लो समय संगठन विस्तारमा लागेका थिए।