Skip This
रोनाल्डो र नाइकबीचको सम्झौता संकटमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ९ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o श्रावण ९ मंगलबार o७:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डो र नाइकबीचको सम्झौता संकटमा

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा एडिडासको लोगो अंकित किट्स प्रयोग गर्दा १२ वर्षदेखिको नाइकसँगको सहकार्य धरापमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ९ मंगलबार o७:o९:oo

 पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र विश्वप्रसिद्ध नाइकबीच वार्षिक निकै राम्रो सम्झौता हुने गर्छ । वर्तमान समयकै उत्कृष्ट खेलाडीमध्ये एक मानिने रोनाल्डोमाथि नाइकले प्रतिवर्ष लाखौँ डलर लगानी गरेको छ । नाइकले त्यसको प्रतिफलस्वरूपमा मिलियन डलर आर्जन गर्छ । रोनाल्डोसँग रहेका विश्वप्रसिद्ध कम्पनीमा नाइक अगाडि आउने गर्छ । त्यही नाइकसँग रोनाल्डोले जुहारी खेलिरहेका छन् । 

उनी अहिले साउदी अरेबियाको प्रो लिग अल नासेरमा आबद्ध छन् । नासेर सेल्टा भिगोसँग ५–० ले पराजित भएको खेलमा रोनाल्डोले नाइकको लोगो अंकित किट्स लगाएनन् । सामान्य गरी रोनाल्डोको मोजामा नाइकको लोगो हुने गर्छ । तर, पछिल्ला समय यस्तो देखिएन । आफूमाथि प्रायोजन गरेको कम्पनीको लोगोअंकित मोजा नलगाएका रोनाल्डोको एक सय ४७ मिलियन पाउन्ड धरापमा पर्न सक्छ । 

नाइकले आधिकारिक रूपमा कारबाही प्रक्रिया अगाडि बढाउँदा रोनाल्डोको १२ वर्षदेखिको सम्झौता भंग हुन सक्ने एजेन्सीले जनाएको छ । प्रतिस्पर्धामा रोनाल्डोले ४५ मिनेट मैदानमा बिताएका थिए । सो खेलमा उनले नासेरबाट उपलब्ध गराएको एडिडासको किट्स लगाएका थिए । गत वर्ष म्यानचेस्टर युनाइटेडमा रहँदा पनि रोनाल्डोले यस्तै काम गरेका थिए । 
गत महिना मात्र नासेरले नै आधिकारिक रूपमा नाइकले उपलब्ध गराउने किट्स प्रयोग गर्ने जनाएको थियो । नाइकले नासेरलाई सन् १९९७, २००१, २०१० र २०१२ मा प्रायोजन गरेको थियो । रोनाल्डोले किन नाइकको किट्स प्रयोग नगरेको भन्ने नासेरले जनाएको छैन । यस सम्बन्धमा रोनाल्डोले पनि केही प्रतिक्रिया दिएका छैनन् ।