१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

छात्रवृत्ति विवरण नबुझाउने इटहरीका दुई निजी विद्यालयको अनुमति रद्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:५८:oo

इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने दुई निजी विद्यालयको अनुमति रद्द गरेको छ । इटहरी– १० मा रहेको इटहरी नमुना स्कुल र ६ नम्बर वडामा रहेको इटहरी चिल्ड्रेन स्कुलको अनुमति रद्द गरिएको हो ।

प्रचलित शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्थाबमोजिम पटकपटक छात्रवृत्ति वितरणको विवरण पेस गर्न लिखित पत्राचार गरे पनि अटेर गरेपछि अनुमति रद्द गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले बताए।

गत २९ असारमा बसेको नगर शिक्षा समितिको बैठकले समयमा छात्रवृत्तिको विवरण नबुझाउने विद्यालयको अनुमति रद्द गर्ने निर्णय गरेको थियो । गत २१ असारमा बसेको नगर शिक्षा समितिको बैठकले तोकिएको समयसीमाभित्र विवरण नबुझाउने विद्यालयलाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो । जरिवाना नबुझाएपछि उपमहानगरपालिकाले दुई विद्यालयको अनुमति रद्द गरेको हो ।

इटहरी नमुनाले कक्षा ६ सम्मको अनुमति लिएको थियो भने चिल्ड्रेन स्कुलले कक्षा १० सम्मको अनुमति लिएको थियो ।  उपमहानगरपालिकाले अनुमति रद्द गरेको पत्र आइतबार विद्यालयहरूलाई पठाएको छ ।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ अनुसार संस्थागत विद्यालयहरूले विद्यार्थी संख्याको अनुपातमा छात्रवृत्ति प्रदान गर्नुपर्ने व्यवस्था छ । नियमानुसार छात्रवृत्ति प्रदान गरेको विवरण स्थानीय सरकारसमक्ष बुझाउनुपर्छ । नियमअनुसार  पाँच सयजनासम्म विद्यार्थी संख्या हुने विद्यालयले १० प्रतिशतलाई अनिवार्य छात्रवृत्ति दिनुपर्छ ।

पाँच सयदेखि आठ सयजनासम्म विद्यार्थी हुनेले १२ प्रतिशत र आठ सयभन्दा माथि हुनेले १५ प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने कानुनी प्रावधान छ । बाल कक्षादेखि कक्षा १२ सम्मकै हकमा यो नियमानुसार छात्रवृत्ति दिनुपर्ने हुन्छ । तर, निजी विद्यालयहरूले अटेर गर्ने गरेका छन् ।

ad
ad