१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तेस्रो मुलुकबाट मालवस्तु आयात गर्न के–कस्ता  प्रक्रिया पूरा गर्नुपर्छ ?

अर्थ ज्ञान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:५३:oo

- व्यापारिक उद्देश्यले आयात गर्न चाहनेको हकमा प्राइभेट/साझेदारी फर्म भए वाणिज्य तथा आपूर्ति व्यवस्था विभागमा, कम्पनीको हकमा कम्पनी रजिस्ट्रारको कार्यालयमा र उद्योगको हकमा उद्योग विभागमा आफ्नो फर्म, कम्पनी वा उद्योग दर्ता गर्नुपर्छ ।

- एजेन्सी भए कार्गाेको हकमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभागमा एजेन्सी दर्ता गर्नुपर्छ ।

- मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्र भएको हुनुपर्छ ।

- पैठारी गरिने मालवस्तुको परिमाण र मूल्यलगायतका विषयमा बिक्रीकर्तासँग भएको सम्झौतापत्र वा प्रोफर्मा बीजक हुनुपर्छ ।

- प्रोफर्मा बीजक वा सम्झौतापत्रसहित संलग्न गरी प्रतीतपत्र खोल्न बैंकमा निवेदन दिनुपर्छ ।

- बैंकले पनि आफ्नो नियम र सर्तबमोजिम केही रकम धरौटी वा जमानत लिएर तोकिएको सर्त पूरा गरेमा मात्र सामान विक्रेताले विदेशस्थित बैंकबाट भुक्तानी पाउने गरी प्रतीतपत्र खोलिदिन्छ ।

- प्रतीतपत्र विदेशस्थित विक्रेताले प्राप्त गरेपछि मालवस्तु निजले चलान गरिदिन्छ र यसरी चलान भएका कागजात नेपालको प्रतीतपत्र खोल्ने बैंकमा प्राप्त भएपछि प्रतीतपत्रमा उल्लेख भएको विदेशी मुद्राबराबरको नेपाली रूपैयाँ प्रतीतपत्र खोल्ने पार्टीले बैंकमा बुझाउनुपर्छ ।

- प्रतीतपत्र खोल्ने बैंकले वि.वि.नि. फाराम ४ सहितका कागजात प्रमाणित गरी मालवस्तु आयात हुने भन्सार बिन्दुमा सिलबन्दी गरी पठाउँछ ।

- यिनै कागजात संलग्न गरी भन्सार प्रज्ञापनपत्र सम्बन्धित भन्सार कार्यालयमा पेस गरेपछि, दर्ता गरेपछि र सम्प्रेषण गरेपछि मालवस्तुको भन्सार जाँचपास प्रक्रिया सुरु हुन्छ ।

- पैठारी मालवस्तुमा नियमानुसार लाग्ने महसुल, कर, शुल्क बुझाएपछि मात्र भन्सारबाट आफ्नो सामान लैजान पाउने कानुनी व्यवस्था छ ।

- भन्सार जाँचपासको प्रक्रिया पूरा गरी मालवस्तु जाँचपास गराउने कार्य मालधनी स्वयंले वा निजले अख्तियारी गरेको भन्सार एजेन्टले मात्र गर्न पाउने व्यवस्था छ ।

स्रोत : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

ad
ad