१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ५ शुक्रबार
  • Wednesday, 26 June, 2024
२o८o श्रावण ५ शुक्रबार १३:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

दाङमा ११ वर्षीया बालिका बलात्कृत   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ५ शुक्रबार १३:२१:oo

दाङमा फेरि अर्की एक बालिका बलात्कृत भएकी छिन् । यही २ साउनको राति ११ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ।

बलात्कार आरोपी उपमहानगरपालिका– ११ बाघखोलीका २८ वर्षीय सुनिल विक फरार रहेको जसपुर प्रहरी चौकीका इन्चार्ज वीरबहादुर भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार २ साउनको राति घरमा बाबुआमा नभएको समयमा ती युवकले बालिकालाई बलात्कार गरेका थिए। 

घटनाबारे ढिला (बिहीबार) मात्रै थाहा भएको हुँदा आरोपित फरार भएको उनले बताए। पीडित बालिकाकाे परिवार स्वास्थ्य चौकी गएर घटनाबारे बताएपछि मात्रै उक्त घटना बाहिर आएको हो। 

प्रहरीका अनुसार पीडित बालिकाका बुबा रोजगारको सिलसिलामा घरबाहिर गएको र आमा आफन्तको घरमा गएको मौका छोपी बालिकामाथि बलात्कार भएको हो। फरार आरोपीको खाेजीकार्य जारी छ। 
 

ad
ad
ad
ad