मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ५ शुक्रबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका अस्ट्रिया
२o८o श्रावण ५ शुक्रबार १o:५६:oo
Read Time : < 1 मिनेट
प्रवास प्रिन्ट संस्करण

अस्ट्रियाको एनआरएनए अध्यक्ष पदमा राजेश्वरी थापाको दौड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अस्ट्रिया
नयाँ पत्रिका
२o८o श्रावण ५ शुक्रबार १o:५६:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रियामा हुने निर्वाचनमा अध्यक्ष पदमा बाबा राजेश्वरी थापा प्रत्याशी बनेकी छिन् । पत्रकारिता तथा समाजसेवामा आबद्ध थापा ०२३–२५ कार्यकालका लागि अध्यक्ष पदको आकांक्षी बनेकी हुन् ।

नेपाली भाषा र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गरी अस्ट्रिया तथा युरोपियन युनियन मुलुकबाट नेपालमा पर्यटक भित्र्याउन विशेष पहल गर्ने उनको योजना छ । ‘नेपाली राजदूतावास भियना र एनआरएन अस्ट्रियाको समन्वयमा नेपाललाई पर्यटकीय गन्तव्य बनाउन अस्ट्रियाका विभिन्न सहरमा नियमित कार्यक्रम आयोजना गर्नेछौँ,’ थापाले भनिन् । 

ठूला, मझौला तथा साना लगानीकर्तालाई हजार युरोसम्म लगानी गर्न सकिने इच्छालाई समेत सम्बोधन गरी नेपाल निर्माण अभियानमा प्रवासबाट हातेमालो गर्न १० अर्बबराबरको परियोजनालगायतका लगानीमा अस्ट्रियाली नेपालीलाई जोड्ने थापाले बताइन् । 

यसैगरी, अस्ट्रियामा बसोवास गर्ने नेपाली समुदायमा सामाजिक एकता, सदभाव, धार्मिक सहिष्णुता कायम राख्दै आपसी मेलमिलाप र भाइचारालाई बढाउन दिने प्राथमिकता रहेको थापाको भनाइ छ । 

भाषा संस्कृतिको संरक्षण–पर्यटनको प्रवर्द्धन, सबैको रहर–लगानीको अवसर, विविधतामा एकता, सामाजिक रूपान्तरण–साझेदारीमा विश्वास, एनआरएनए अस्ट्रिया–अप्ठ्यारोको सहारा, युवामैत्री संस्था–डिजिटल एनआरएन, अबको विकल्प पारदर्शिता हाम्रो संकल्पलगायतका उनका चुनावी प्रतिबद्धता छन् ।