Skip This
सडककिनाराका बिरुवा रातारात हटाउँदै हेटौँडा उपमहानगर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३ बुधबार
  • Friday, 26 July, 2024
२o८o श्रावण ३ बुधबार २३:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडककिनाराका बिरुवा रातारात हटाउँदै हेटौँडा उपमहानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ३ बुधबार २३:३o:oo

हेटौँडा उपमहानगरपालिकाले राप्तीरोडको दायाँ–बायाँ सडकपेटीमा राखेको रूख–बिरुवाहरू रातारात हटाएको छ । 

पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि सूचना प्रकाशित भइसकेको अवस्थामा उपमहानगरपालिकाले सडक विस्तारमा सहजता प्रदान गर्न रूख–बिरुवा हटाएको नगरप्रहरी प्रमुख नेत्रप्रसाद ढकालले बताए ।

उपमहानगरपालिकाले बुधबार राति दुईवटा जेसिबी प्रयोग गरेर सडकपेटीमा राखिएका गमलासहितका बिरुवा हटाएको हो ।

सडक डिभिजन कार्यालय हेटौँडाले १० असारमा ३५ दिने सूचना निकालेर पूर्वपश्चिम राजमार्गको दायाँबायाँ २५ गजभित्र पर्ने सम्पूर्ण घरटहरा हटाउन आग्रह गरेको थियो ।

२५ गज क्षेत्रमा पर्ने भएपछि हेटौँडा– १ र १० तर्फको राप्तीरोडको सडकपेटीबाट बिरुवा हटाइएको उपमहानगरपालिकाले जनाएको छ । यसअघि उपमहानगरपालिकाको १३औँ नगरपरिषद् बैठकले उक्त सूचनाको स्वागत गर्दै सडक फराकिलो पार्ने कार्यमा सहजीकरण र समन्वय गर्ने निर्णय गरेको थियो ।