१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

प्रदेश सभामै असारे विकास : १० लाखको लागतमा धमाधम प्रवेशद्वार निर्माण हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:३६:oo

नीति निर्माण गर्ने थलोमै असारे विकासको काम भइरहेको छ । आर्थिक वर्ष सकिनै लाग्दा सुरु भएको सुदूरपश्चिम प्रदेश सभा भवनको प्रवेशद्वार निर्माणको काम अहिले पनि जारी छ । गेट निर्माणका लागि असार दोस्रो साता मात्र सम्झौता भएको थियो ।

१० लाख रुपैयाँको लागतमा गौरीशंकर निर्माण सेवाले गेट निर्माणको काम गरिरहेको छ । ढिलो सम्झौता भएकाले असार तेस्रो साता मात्र गेट निर्माणको काम सुरु भएको थियो । अहिले गेटको पिलर राखेर छानो हाल्ने तयारी भइरहेको प्रदेश सभा सचिवालयले जनाएको छ । गेट निर्माणको काम सकिन अझै केही दिन लाग्ने बताइएको छ । सरकारले बजेट ढिलो पठाएकाले गेट निर्माण बल्ल सुरु भएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए । धनगढी मुख्य बजारको सडक विस्तारका क्रममा पुरानो भवनको केही भाग भत्किएकाले नयाँ गेट निर्माण गर्नुपरेको सचिवालयले जनाएको छ ।

सचिवालयका सूचना अधिकारी युवराज जैसीले सरकारबाट बजेट ढिलो आएकाले गेट निर्माणको सम्झौतामा ढिलाइ भएको बताए । गेट निर्माणका लागि मंसिरमै बजेटको माग गरिए पनि असारमा मात्र आएको उनको भनाइ छ । ‘सरकारसँग मंसिरमै गेट निर्माणका लागि बजेट मागेका थियौँ, तर चैतको अन्त्यतिर मात्र मन्त्रिपरिषद्ले स्वीकृति दियो । अर्थ मन्त्रालयबाट ७–८ असारमा मात्र बजेट आयो,’ जैसीले भने, ‘बजेट आएपछि त्यतिवेलै सम्झौता गरेर काम अगाडि बढेको हो ।’        

ad
ad