१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २ मंगलबार १५:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महामन्त्रीको प्रस्ताव- एक वर्षमा सात लाख नयाँ सदस्य थप्ने अभियान चलाऔँ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २ मंगलबार १५:२o:oo

कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ। कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु भएको बैठक पहिलोपटक लाइभ गरिएको छ। 

बैठकमा अहिले पार्टीका उपसभापति, महामन्त्रीहरूबीच पार्टीका समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल भइरहेको छ।

उनीहरूले राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा छ। महामन्त्री गगनकुमार थापाले बैठकका प्रस्ताव प्रस्तुत गर्दै सात लाख सदस्य थप्ने लक्ष्यका साथ कांग्रेसले एकवर्षे अभियान चलाउने बताए। 

यस्तै, उनले भ्रातृ संस्थाको भदौ १५ भित्र तदर्थ समिति, ६ महिनाभित्र अधिवेशनको प्रस्ताव गरेका छन्। यस्तै उनले वर्षमा दुईवटा केन्द्रीय समिति बैठक उपत्यकाबाहिर बस्नुपर्ने बताए। 

संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने कार्यतालिका छ।