Skip This
नेसपाले थाल्यो संगठन विस्तार अभियान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौंं
२o८१ बैशाख २७ बिहीबार o७:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नेसपाले थाल्यो संगठन विस्तार अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौंं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o७:o७:oo

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान थालेको छ । जिल्ला–जिल्लामा वृक्षरोपण गर्दै सोमबार अभियान सुरु गरिएको नेतृ मानुषी यमी भट्टराईले बताइन् । अध्यक्ष भट्टराईले गोरखामा वृक्षरोपण गरेर अभियानको सुरुवात गरेका हुन् । उनका अनुसार अभियान ६ महिनासम्म चल्नेछ । 

अभियानको नेतृत्व कोसी प्रदेशमा हिसिला यमी, मधेसमा महिन्द्रराय यादव, बागमतीमा गंगा श्रेष्ठ, गण्डकीमा भट्टराई, लुम्बिनीमा गोविन्द चौधरी, कर्णालीमा भक्तबहादुर शाह र सुदूरपश्चिममा दुर्गा सोबले गर्नेछन् । 

प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमसमेत हुने भट्टराईले बताइन् । कोसीमा १५ साउन, मधेसमा १७ गते, बागमतीमा १९ गते, गण्डकीमा २३ गते, लुम्बिनीमा २५ गते, कर्णालीमा २७ गते र सुदूरपश्चिममा २९ साउनमा प्रशिक्षण हुनेछ ।

ad
ad