१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सिरिज जितेर स्वदेश फर्कियो महिला फुटबल टोली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:१३:oo

नेपाली महिला फुटबल टोली बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर सोमबार स्वदेश फर्किएको छ। 

१९औँ एसियाडको तयारी स्वरूप नेपालले महिला फुटबलमा दक्षिण एसियाको बलियो टोली बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो।

उक्त भ्रमणमा नेपालले पहिलो खेलमा १–१ बराबरीको नतिजा सामना गर्दा दोस्रो खेल टाइब्रेकरमार्फत ४–२ गोलअन्तरले जित्दै सिरिजको ट्रफी उचाल्यो। दोस्रो खेलमा वैकल्पिक गोलकिपरका रूपमा मैदान प्रवेश गरेकी अञ्जना रानामगरले दुई पेनाल्टी बचाएपछि नेपालले रोमाञ्चक जित निकालेको थियो।

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले स्वागत गरेका थिए। सोमबार स्वदेश फर्किएकाे नेपाली टोलीले पर्याप्त म्याच एक्सपोजर पाउन सकेमा एसियाडका लागि राम्रो तयारी हुने धारणा राखेका थिए।

नेपाली महिला फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले साफको च्याम्पियन टोलीविरुद्ध आफ्नो टोलीले गरेको जुझारु प्रदर्शनले आगामी खेलमा नेपाली खेलाडीको आत्मबल बढाउने विश्वास व्यक्त गरे। 

तुलनात्मक रूपमा नेपाली टोलीमा धेरै पक्ष सुधार आएको प्रशिक्षक थापाले बताए। प्रशिक्षक थापा टोलीमा अझै पनि फिटनेसमा केही समस्या देखिएको बताउँछन् । त्यसका लागि उनीहरूलाई जतिसक्दाे धेरैभन्दा धेरै म्याच एक्सपोजर दिन आवश्यक रहेको औँल्याए। 

नेपाली महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले एसियन गेम्समा बंगलादेशभन्दा कठिन प्रतिद्वन्द्वीहरू सामना गर्नुपर्ने भएकाले टोलीमा धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको बताइन्। 

नेपाली टोलीकी भरपर्दी स्ट्राइकर सावित्रा भण्डारीले पछिल्ला साफमा भएका गल्तीहरू कम गर्दा बंगलादेशविरुद्ध जित सम्भव भएको बताइन्। नेपाली टोलीकी स्ट्राइकर सावित्राले पुरुष टिमको जस्तै युथ र सिनियर लेभलको लिग गरे महिला फुटबलको भविष्य राम्रो रहेको संकेत गरिन्। 
 

ad
ad