Skip This
कांग्रेस बैठकपछि मात्रै नेविसंघलाई पूर्णता 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३१ आइतबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार ३१ आइतबार o६:५८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कांग्रेस बैठकपछि मात्रै नेविसंघलाई पूर्णता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ३१ आइतबार o६:५८:oo

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकपछि मात्रै नेविसंघको कार्यसमितिले पूर्णता पाउने भएको छ । सभापति शेरबहादुर देउवाले बैठकमा असन्तुष्टि रोक्न बैठकपछि मात्रै तदर्थ समितिलाई पूर्णता दिन लागेका हुन् । 

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार केन्द्रीय समिति बैठकआसपास नै समितिलाई पूर्णता दिन लागिएको छ । शेर्पाले २७ असारका लागि तोकिएको केन्द्रीय समिति बैठक २ साउनका लागि सरेपछि त्यसअघि नै समिति घोषणाको सम्भावना रहेको बताए । ‘२७ असारमा केन्द्रीय समिति बैठक बस्ने तय भएपछि बैठकपछि पूर्णताको तयारी थियो । बैठक २ साउनलाई सरेको छ, त्यसअघि आउने अवस्था पनि छ,’ उनले नयाँ पत्रिकासँग भने ।

नेविसंघमा साढे चार सयको संख्यामा पदाधिकारीविहीन जम्बो तदर्थ समिति ल्याउने तयारी छ । यसका लागि सभापति देउवाले इतर समूहसँग समेत छलफल गरिसकेका छन् । नेताहरूका अनुसार संख्या र नाम टुंगो लागे पनि देउवाले केन्द्रीय समिति बैठकलगत्तै पूर्णता दिने मनसाय राखेका छन् ।

०७३ पछि नेविसंघको नियमसम्मत महाधिवेशनको हुन सकेको छैन । ०७३ पछि साढे दुई वर्षमा नियमित महाधिवेशन हुन नसकेपछि तत्कालीन निर्वाचित अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका थिए । त्यसपछि नेविसंघको तदर्थ समिति बन्दै र विघटन हुँदै आएको छ । 

महरको राजीनामापछि १६ माघ ०७६ मा राजीव ढुंगानाको संयोजकत्वमा तदर्थ समिति बनेको थियो, तर महाधिवेशन हुन सकेन । कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेपछि ढुंगानाले नै विधानको व्यवस्थाविपरीत जिम्मेवारी सम्हालेका थिए ।