१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २८ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार २८ बिहीबार १८:१४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

इक्यान चुनाव : पाण्डे प्यानलले घोषणा गर्‍यो उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २८ बिहीबार १८:१४:oo

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वका लागि विष्णुहरि पाण्डे प्यानलले उम्मेदवारी घोषणा गरेको छ।

३० असारमा हुने चुनावका लागि पाण्डे प्यानलले बुधबार चुनावी एजेन्डासहित घोषणापत्र सार्वजनिक गरेको हो। पूर्वअध्यक्षसमेत रहेका पाण्डे प्यानलले उपाध्यक्षमा लक्ष्मण पौडेल, भुवनबहादुर क्षेत्री र प्रकाश श्रेष्ठलाई अघि सारेको छ।

त्यस्तै, महासचिवमा बासुदेव दाहाल, सचिवमा फिलिपकुमार डाँगी क्षेत्री तथा शिवप्रसाद त्रिपाठी, कोषाध्यक्षमा विनोदकुमार सुवेदी र सहकोषाध्यक्षमा हेमराज सिग्देल यो समूहबाट चुनावी मैदानमा छन्।

पाण्डे प्यानलबाट सदस्यका लागि आशिष रायमाझी, सुरज सिलवाल, मञ्जित ढकाल, सतिन्द्र झा, शशीप्रसाद भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, शान्तकुमार शर्मा, श्रीराम गिरीले पाण्डे उम्मेदवारी दिने भएका छन्।

४६७ मतदाता रहेकाे संघको चुनावका लागि दुई प्यानलसहित चारजना अध्यक्षका आकांक्षी छन्। वर्तमान उपाध्यक्ष शेषराज भट्टराई पनि प्यानलसहित चुनावी मैदानमा छन्। उनी नेतृत्वको प्यानलले आज उम्मेदवारी घोषणा गर्दै छ। त्यसबाहेक देवीदास र कृष्णहरि एकल रूपमा अध्यक्षमा चुनाव लड्दै छन्।