१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सट्टेबाज धन्दा प्रवर्द्धन अभियोग : पक्राउ कलाकार पाँच हजार धरौटीमा छुटे 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:५९:oo

सट्टेबाजमा सर्वाधिक प्रयोग आएको ‘वान एक्स बेट’ प्रवर्द्धन गरेको अभियोगमा पक्राउ परेका कलाकार राजु मास्टर भनिने राजु पौडेल, बल्छी धुर्बे भनिने मरिचमान श्रेष्ठलगायत धरौटीमा छुटे

सट्टेबाजमा सर्वाधिक प्रयोग आएको ‘वान एक्स बेट’ प्रवर्द्धन गरेको अभियोगमा पक्राउ परेका कलाकार जनही पाँच–पाँच हजार धरौटीमा छुटेका छन् । उनीहरूविरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले ६५ लाख रुपैयाँ बिगोदाबी गर्दै मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले उनीहरूलाई बुधबार न्यूनतम धरौटीमा हिरासत मुक्त गर्ने आदेश दिएको हो । ‘वान एक्स बेट’ प्रवर्द्धन गरेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई गत ३२ जेठमा पक्राउ गरेको थियो । त्यसयता उनीहरू प्रहरी हिरासतमा थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले ‘वान एक्स बेट’ प्रवर्द्धनमा पक्राउ परेका कलाकार टोली जनही पाँच–पाँच हजार रुपैयाँ धरौटीमा छुटेको बताए । उनले भने, ‘सट्टेबाजमा संलग्न रहेको अभियोगमा केही कलाकार पक्राउ परेका थिए । उनीहरू जनही पाँच–पाँच हजार रुपैयाँ धरौटीमा मुक्त भएका छन् । उनीहरूसँगै पक्राउ परेका अन्य पनि धरौटी रकम तिरेर मुक्त भएका छन् ।’ 

सट्टेबाज प्रवर्द्धनमा संलग्न रहेको अभियोगमा प्रहरीले राजु मास्टर भनिने राजु पौडेल, बल्छी धुर्बे भनिने मरिचमान श्रेष्ठ, भटभटे माइला भनिने बेगम नेपाली, म्याकुरी भनिने पवन खतिवडा, असिस राई, जलन घर्तीमगर, गणेश देवकोटा र ढुडुबुढा भनिने सरोज घिमिरेलाई पक्राउ गरेको थियो । पक्राउमध्ये राजु मास्टर, बल्छी धुर्बे र म्याकुरी चर्चित कलाकार हुन् । बाँकी रहेका नेपाली, राई, घर्तीमगर, देवकोटा र घिमिरे युट्युबर हुन् । उनीहरू पनि पाँच–पाँच हजार रुपैयाँ धरौटीमा छुटेका छन् । उनीहरूसँगै पक्राउ परेका दिनेश खड्का र अनिता धिताल पनि धरौटी रकम तिरेर छुटेका छन् । अदालतले खड्कासँग १० लाख र धितालसँग पाँच लाख रुपैयाँ धरौटी रकम मागेको थियो । 

प्रहरीका अनुसार सट्टेबाज प्रवर्द्धन गरेबापत राजु मास्टरले सात लाख रुपैयाँ बुझेका थिए । त्यस्तै, बल्छीले १२ लाख र म्याकुरीले सात लाख रुपैयाँ बुझेका थिए । युट्युबर राईले पाँच लाख, नेपालीले ६ लाख, घर्तीमगरले १५ लाख, देवकोटाले चार लाख र घिमिरेले ४० लाख रुपैयाँ बुझेका थिए । उनीहरूले उक्त रकम सट्टेबाजका मुख्य एजेन्ट दिनेश खड्कामार्फत बुझेका थिए । उनीहरूले कनेक्ट आइपिएस प्रयोग गरी बैंक खातामा प्रवर्द्धनबापतको रकम बुझेका थिए । 

सट्टेबाज धन्दाका मुख्य एजेन्ट खड्कासहित अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछानेको बैंक खाताबाट ७४ करोड १३ लाख ५० हजार सात सय १३ रुपैयाँको कारोबार भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । कारोबारका लागि उनले जंगल, पुकुडन, पिंकी, पिन्टु, गुल्लु, चिकु–१, अनियन–१ लगायत १२ अकाउन्टबाट कनेक्ट आइपिएस अकाउन्ट खोलेका थिए । उनले वान एक्स बेटमार्फत सट्टेबाज धन्दा चलाउँदै आएका थिए । धन्दामा उनले प्रेमिका अनितालाई पनि सामेल गरेका थिए । उनले मोबाइलमा बाइनेन्स अकाउन्ट खोली अमेरिकी डलर खरिद गर्दै आएकी थिइन् ।

त्यस्तै, धन्दामा संलग्नमध्ये दीपेशले विभिन्न चारवटा सिम प्रयोग गरी इसेवा लिएका थियो । उनले उक्त खातामार्फत ५९ लाख २९ हजारको कारोबार गरेको देखिएको छ । उनले विभिन्न बैंकमा रहेको खातामार्फत पनि कारोबार गर्दै आएका थिए । सबै गरी उनको बैंक खातामा सीमित अविधिभित्र पाँच करोड ५४ लाख ६६ हजारको कारोबार भएको खुलेको छ । आशिषले पनि विभिन्न बैंकमार्फत दुई करोड ९८ लाख ९६ हजारको कारोबार गरेका थिए । 

ad
ad