१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ जेठ १ मंगलबार १९:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

समयमै प्रधानन्यायाधीश सिफारिस गर्न सर्वोच्च बारको माग

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १९:३२:oo

सर्वोच्च अदालत बार एशोसिएसनले भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियाअघि बढाउन माग गरेको छ । संवैधानिक प्रावधान स्मरण गराउँदै सर्वोच्च बारले सिफारिसका लागि आग्रह गरेको छ ।

बारका सचिव श्यामकुमार खत्रीले बुधबार एक विज्ञप्ति जारी गर्दै बुधबार बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको जानकारी दिए । 

‘नेपालको संविधानको धारा २८४(३) मा संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै यस संविधान बमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्ने’ व्यवस्था छ । 

यही प्रावधानअनुसार प्रक्रियाअघि बढाउन बारले माग गरेको हो । ‘उपर्युक्त संवैधानिक व्यवस्थाअनुसार बहालवाला सम्माननीय प्रधानन्यायाधीशज्युको कार्यकाल मिति २०८०÷४÷२० मा सकिनु एकमहिना अगावै भावी प्रधानन्यायाधीशको नियुक्तिका लागि सिफारिस गरिसक्नुपर्ने दायित्व संवैधानिक परिषद्को भएको हुँदा संवैधानिक व्यवस्थाअनुसार भावी प्रधानन्यायाधीशको नियुक्तिको लागि सिफारिस गर्नु हुन जोडदार अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा छ । 

सर्वोच्च अदालतका साथै न्यायपरिषदलाई समेत उक्त विज्ञप्तिमार्फत् नै सर्वोच्च बारले संवैधानिक प्रावधानबारे जानकारी गराएको छ ।

ad
ad